Current

अष्ट्रेलियासँग पराजित हुँदा स्कटल्यान्ड बाहिरियो, इंग्ल्यान्ड सुपर-८ मा

 

स्कटल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ मा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । उता अष्ट्रेलियाको जितले समूह बी बाट इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।

१८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन बनाए । डेविड वार्नर १, मिचेल मार्श ८, ग्लेन म्याक्सवेल ११ रनमा आउट हुँदा टिम डेविड ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहे ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्राड ह्वीलले १ विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेले पनि टोलीले जित्न सकेन । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए ।


Previous Post Next Post
Agni inner page
classic teach banner 4