क्रिकेट संघको बोर्ड बैठकमा एनपिएलको हिसाबसहित १२ एजेन्डामा छलफल हुँदै


 नेपाल क्रिकेट संघ (क्यान) को साउन १५ गते बिहीबार बस्ने बोर्ड बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित १२ एजेन्डामा छलफल हुने भएको छ। 

क्यानको केन्द्रीय कार्यालय मुलपानीमा विहान ९ बजेदेखि सुरू हुने बैठकका लागि क्यानले मंगलबार एजेन्डा पठाएको हो। 

जसमा एनपिएलको पहिलो संस्करणको आय व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ। 

यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी-२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ। 

थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्। 


Previous Post Next Post
Agni inner page
classic teach banner 4