Current

कहिले घट्छ पश्चिम तराईको तापक्रम?

 

पश्चिम तराई गर्मीले आक्रान्त छ। 

आइतबार दिउँसो नेपालगञ्जको अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस पुगेको मौसम विज्ञान फिल्ड कार्यालय नेपालगञ्जका नायब मौसम विज्ञान सहायक शशांक बुढाले जानकारी दिए। यहाँ न्यूनतम तापक्रम नै ३१ डिग्री सेलसियस मापन भएको छ।

न्यूनतम तापक्रम र अधिकतम तापक्रमबीच धेरै फरक नहुँदा अझै गर्मी महसुस हुन्छ।

जल तथा मौसम विज्ञान विभागले पश्चिम तराईका जिल्लाहरूमा तातो हावाको चेतावनी यसअघि नै जारी गरेको थियो।

मध्य जेठमा नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियससम्म पुगेको थियो। अत्यधिक गर्मी हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।

तातो हावा (लु) चलेका कारण मानिसहरू घरबाहिर निस्किन छाडेका छन्।

Previous Post Next Post
Agni inner page
classic teach banner 4