Current

नेपाल र श्रीलंकाबीचको खेलको टिकट काटेका दर्शकले रकम फिर्ता पाउने

 आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न टिकट काटेका दर्शकले रकम फिर्ता पाउने भएका छन्।




आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुनेछ।

समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा तय भएको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको थियो।

आइसिसीका अनुसार आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सकिनेछ।


Previous Post Next Post
Agni inner page
classic teach banner 4