Current

सिंहदरबारदेखि सांसदका घरसम्म बालश्रमिक


 ३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले  बुधबार  विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा आकस्मिक अनुगमन गर्‍यो ।  अनुगमनका एक सदस्यका अनुसार महानगरका केही कर्मचारीहरुले सिंहदरबारकै क्यान्टिनमा बच्चाहरुलाई काम लगाइरहेको भन्ने गुनासो  टोलीसामु राखेका थिए ।

सोही गुनासोसहित संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुको अनुगमन गरेको महानगरपालिकाको टोलीले  ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएकाहरुमा १८ वर्ष मुनिका २ जना बालक र २ जना बालिका छन् ।

उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिइन् ।


Previous Post Next Post
Agni inner page
classic teach banner 4